काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९ को विन्दुमा कायम भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब १३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ७२ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ६२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिभर फल्स पावर र पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् ।यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया