Logo

प्रमुख समाचार

रास्वपा महामन्त्री विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री आफू नै रहेको दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले बिहीबार यस्तो निर्णय गरेको हो।

रेग्मीको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।

रिटमा ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १५:३९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।