Logo

प्रमुख समाचार

चार संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ ।

बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

संसदीय सुनुवाइ समिति, २०८० समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेको उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ०९:०५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।