काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा इटाली प्रस्थान गरेकी छन् । इटालीको रोममा जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्सको ४४औँ सत्रमा सहभागी हुन आज मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
भ्रमण टोलीमा अस्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी रहेका छन् ।
मन्त्री राणालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् ।




















प्रतिक्रिया