काठमाडौँ । सभामुख देवराज घिमिरेले संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न राजनीतिक दलहरूलाई आह्वान गरेका छन्।
संसद् दिवसको अवसरमा शुभकामना व्यक्त गरी सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक प्रमुख संस्था भएको उल्लेख गरेका छन्।
उनले लोकतन्त्रको मूल आत्मा जनताको सहभागितामा निहित भएको बताएका छन्।
सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानून निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्वपूर्ण कार्य संसदमार्फत सम्पन्न गरिन्छ, संसदले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानून सुनिश्चित गर्दछ ।’
उनले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरेका छन्।




















प्रतिक्रिया