Logo

खेलकुद

श्रीलंकाविरुद्ध कप्तान सावित्राको ह्याट्रिक



काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध पनि नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पुरा गरेकी छन् ।

पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी हुन् ।

उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

यसअघि उनले २०औं मिनेटमा पहिलो र ४२औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

श्रीलंकाविरुद्ध नेपालका लागि गीता रानाले ७औं मिनेटमा पहिलो गोल गरेकी थिइन् ।

पहिलो हाफमा नेपालले ४ गोलको अग्रता लिएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १९:४७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।