काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ७–० को फराकिलो अग्रता बनाएको छ ।
उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ७–० को अग्रता बनाएको हो ।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो ।
पहिलो हाफमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै खाता खोलेकी थिइन् ।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो ।




















प्रतिक्रिया