काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले भोलि शुक्रवार देखी लागु हुने गरी अन्डाको मूल्य बढाउने भएको छ।
संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
मूल्य बढेसँगै ठूलो अन्डाको भाउ अब प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ।
त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ।
उत्पादन कम र माग बढी भएको कारण अन्डाको मूल्य बढाउनु परेको संघको भनाई छ । य
स अघि संघले १० दिन अगाडि अन्डाको भाउ बढाएको थियो ।
अन्डाको नयाँ मूल्य भोली शुक्रवार देखी लागु हुने संघको भनाई छ ।




















प्रतिक्रिया