Logo

बागमती प्रदेश

चितवनमा एक पुरुष मृत भेटिए



चितवन । चितवनमा एक पुरुष मृत भेटिएका छन् ।

कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।

कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ०७:४०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।