Logo

प्रमुख समाचार

घिमिरेको नेतृत्वमा राष्ट्रि साहित्य प्रतिष्ठान



काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारणसभाले कवि ऋषभदेव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित सभाले उपाध्यक्षमा डा. शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे र कोषाध्यक्षमा हरिबोल ढकाललाई चयन गरेको छ । सभाले सदस्यहरूमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटालाई चयन गरेको छ ।

कार्यक्रममा संस्कृति संवादको आयोजना गरियो । प्रमुख अतिथि पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु अहिलेको आवश्यकता भएको जिकीर गरे भने स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आजको समयमा नयाँ पुस्तालाई आकर्षित गर्दै संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पवन आलोक, प्रा.डा.जीवन अधिकारी, चिनीमाया माझी, ऋषभदेव घिमिरे र मधु पाठकले बोलेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार २०:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।