काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आज बिहान ब्रेकफास्ट खान लाग्दा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ।
गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जरिवाना गरेको हो।
भरतपुरको एयरपोर्टअगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई जरिवाना तिराएको हो। सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो।




















प्रतिक्रिया