Logo

एसियन लाइफको पहिलो त्रैमासको नाफा ९ करोड बढी 



एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । जसअनुसार यो पहिलो तीन महिनामा इन्स्योरेन्सले ९ करोड ४० लाख ४८ हजार ६७ रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३३.७५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा ४ करोड २ लाख ३३ हजार ६६३ रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा खुद बिमा शुल्क १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ८८ करोड ८६ लाख ५९ हजार ४७९ रुपैयाँ रहेको थियो ।

२ अर्ब १ करोड ७ लाख ६० हजार ७२७ रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड १७ लाख ८ हजार ५५९ रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बिमा कोषमा २३ अर्ब ६ करोड ४ लाख ९२ हजार ४४३ रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ७ करोड ६ लाख ६४ हजार ४४२ रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७१ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९३ पैसा रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।