Logo

स्वास्थ्य

नेपालमा थप १५ जना संक्रमितको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो



नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार २६ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा १ हजार ९ सय १३ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ८४ हजार ३ सय १७ पुगेको छ। हाल ९ सय ७४ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।