Logo

प्रमुख समाचार

पहिरो जाँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध



काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

गएराति ९ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएर सडक आवागमन एकतर्फी सुचारू भएकोमा पुनः माथिबाट पहिरो जाँदा आवागमन दुईतर्फी नै अवरुद्ध भएको छ ।

बिहानैबाट पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडकमा रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा बसेर पहिरो पन्साउन सहयोग गरिदिन आग्रह गरिएको छ । लेन अनुशासन सवारीचालकले नमान्दा पहिरो हटाउन गएका डोजरलगायत उपकरण नै जाममा परेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०७:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।