सत्ता नै पल्टाउने गरी जेनजीले भदौ २३ र २४ गते काठमाडौं लगायत देशभर गरेको आन्दोलनको चर्चा नेपाल मात्र होइन विश्वभर भइरहेको छ ।
नेपालमा भइरहेको राजनीतिक परिवर्तनबारे छिमेकी र दक्षिण एसियाका देशमा विशेष चर्चा भइरहेको छ ।
भ्रष्टाचार र अनियमितताविरुद्ध सरकारलाई खबरदारी गर्न जेनजी समूहले काठमाडौंको माइतीघर मण्डलबाट आन्दोलन शुरू गरेका थिए ।
माइतीघरबाट शुरू भएको आन्दोलनको झिल्कोले देशमा डढेलो लगायो ।
छोटो समयमा ७४ जनाको मृत्यु भयो देशका महत्त्वपूर्ण सरकारी सम्पत्ति खरानी भए ।
जेनजी आन्दोलनको बलमा देशमा चुनावी सरकार गठन भयो र प्रतिनिधिसभा भंग भएर चुनावको नयाँ मिति घोषणा भयो ।
युवा आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तनलाई अन्तर्राष्ट्रिय समुदायले समर्थन र अनुमोदन गरिसकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशीला कार्कीलाई फोन गरेर शान्ति र स्थिरता पुन:स्थापना गर्ने प्रयासमा भारतको समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार नै अमेरिका र चीनका राजदूतले प्रधानमन्त्रीलाई भेटेर सरकारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।





















प्रतिक्रिया