Logo

खेलकुद

कप्तान पौडेलको शानदार अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य



कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको छ। आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई १४७ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। कप्तान रोहितले ४१ बलमा ५८ रन जोड्दै टोलीको पारी सम्हालेका थिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन, र गुलशन झाले ८ बलमा १६ रनको छिटो पारी खेले।

बलिङतर्फ कतारका कप्तान मिर्जा बेग सर्वाधिक सफल भए । उनले ४ ओभरमा २९ रन खर्चिँदै ३ विकेट हात पारे। डानियल लुइसले पनि ३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट जोडे।

यसअघि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आजको खेल जित्दै विश्वकपको सम्भावना बलियो बनाउन चाहन्छ । समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार २३:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।