Logo

खेलकुद

त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्ने



त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा साँझ सवा ६ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

आफ्नो पहिलो खेलमा इरानसँग पराजित भएका नेपाल र भारत दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । अ

घिल्ला दुई खेलमा स्पष्ट ६ अङ्क जोडेको इरान च्याम्पियन बनिसकेको छ ।

पहिलो खेलमा नेपाल इरानसँग ३–० र भारत २–० गोलले पराजित भएका थिए । त्रिदेशीय मैत्रीपूर्ण खेल फिफा विन्डोमा आधारित छन् ।

फिफा वरीयतामा भारत ६३औँ स्थानमा छ भने इरान ७०औँ र नेपाल ८९औँ स्थानमा रहेका छन् ।

यो प्रतियोगितापछि नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार ०९:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।