Logo

कर्पोरेट फोकस

एनआईसी एशियाको ‘डमी सिईओ’ आजै बन्दै सुजित शाक्य, को हुन् उनी ?



काठमाडौँ। एनआईसी एशिया बैँकको आज बस्ने संचालक समिति बैँठकले नबिल बैँकका विवादित डेपुटी सिईओ सुजित कुमार शाक्यलाई आज प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ ।

सिइओ रोशन कुमार न्यौपानेले राजिनामा दिएर बैंकबाट बाहिरिएपछि डेपुटी सीईओ सन्तोषकुमार राठीलाई कार्यवाहक सीइओ नियुक्त गरेको बैंकले बाहिरका व्यक्ति ल्याएर बैँक सुध्रिन्छ भन्ने महत्वकाँक्षा बोकेर महिनौँ दिनसम्म सीइओ खोज्यो । तर, कोहि कसैले चासो नदेखाएपछि संचालक समितिले आफ्नै बैंकबाट ‘भीआरएस’ मा निकालिएका शाक्यलाई सीइओ बनाउन लागेको हो । शाक्यलाई नबिल बैंकबाट निकाल्ने तयारी गरिएको थियो । यसको जानकारी पाएपछि शाक्य जागीर खोजिरहेका थिए ।

एनआईसी एशिया बैँकले सुरुमा नबिल बैंक पूर्व सीइओ ज्ञानेन्द्र ढुङ्गानालाई अफर गर्यो । तर, उनले स्वतन्त्र रुपमा काम गर्न नपाईने प्रवृति र सँचालक समितिको नियन्त्रणमा रही काम गर्नुपर्ने भएपछि उक्त प्रस्ताव ठाडै अस्विकार गरिदिए ।

ढुङ्गानाले अस्विकार गरेपछि बैँकले एनएमबी बैँकका पूर्व सिईओ सुनिल केसीलाइ अफर गर्यो । उनले पनि बैंकको नाजुक वित्तीय अवस्था र त्यसमाथि संचलाक समितिको प्रत्यक्ष दवावमा काम गर्न नसक्ने बताएपछि केहि सीप नलागेर नबिलका डेपुटीबाटै काम चलाउने भएको छ ।

योसँगै बैँकका अध्यक्ष तुलसीराम अग्रवाल नै बैंक डुबाउन उद्दत् छन् भन्ने प्रष्ट हुन्छ । सिईओलाई स्वतन्त्र रुपमा काम गर्न नदिने प्रवृत्ति बैँकले फेरि पनि दोहोर्याउने भएको छ । जबसम्म व्यवस्थापनले आफ्नो ढङ्गबाट काम गर्न सक्दैन तबसम्म बैँकको वित्तीय अवस्था सुधार हुने देखिँदैन् । शाक्य बोर्डको जयजयकार गर्ने सर्तमा डमी सिईओ बन्दैछन् ।

यसअधिका सिईओ न्यौपानेले पनि स्वतन्त्र रुपमा काम गर्न पाएनन् । त्यस्तै न्यौपानेभन्दा अघि सिईओ रहेका ससिन जोशीले पनि बोर्डको अनावश्यक हस्ताक्षेप खेप्न नसक्ने भन्दै राजिनामा बुझाएका थिए । ससिनले बैँक छोडेपछि नाजुक बनेको बैँकको वित्तीय अवस्था संकाटग्रस्त अवस्थामा छ । तर, संचालक समिति भने यसको सम्पूर्ण दोष व्यवस्थापनमाथि थोपर्दै जिम्मेवारीदेखि पन्छिँदै आएको छ ।

नबिल बैँकको लोभलाग्दो प्रगती देखेरै त्यहाँका कर्मचारी ल्याइ संकटग्रस्त वित्तीय अवस्था सुधार्न खोजिएको बैंक युनियनका कर्मचारीहरु बताउँछन् । तर, शाक्यको आगमनले बैंकको वित्तीय अवस्था सुधार हुन्छ भन्नेमा विश्वस्त हुन भने सकिन्न। किनकी उनी व्यवस्थापनमा निकै कमजोर छावी बनाएका व्यक्ति हुन् । त्यसमाथि बैंकभित्रै भएका कर्मचारीको मनोवल गिर्ने गरी सोहि पोजिसनका विवादित व्यक्ति बाहिरबाट ल्याएर सीइओ नियुक्त गर्दा आन्तरिक व्यवस्थापन सुधार हुने देखिन्न ।

को हुन् शाक्य ?

सुजित कुमार शाक्य एनआईसी एशिया बैँककै पूर्व कर्मचारी हुन् । उनी साबिकको बैँक अफ एसियामा कार्यरत थिए । मर्जरपछि बैँकले उनलाई भिआरएसमा निकाल्यो । एनआईसीबाट निकालिएपछि उनी सिभिल बैंक गए । संचालक तथा व्यवस्थापनसँग टर्म नमिलेपछि सिभिलबाट पनि निकालिएका शाक्य जनता बैँक गए । जनता बैँकका डेपुटी सीइओ भएका उनी ग्लोबल आईएमइसँग मर्ज भएपछि चन्द्र ढकालसँगको मनमुटावका कारण त्यहाँबाट पनि भिआरएस लिएर निकिएका थिए ।

केहि समयपछि नबिल बैँक छिरेका उनलाई चौधरीले पनि पत्याएनन् । सिनियर हुँदाहुँदै पनि उनलाई हटाएर चौधरीले मनोज ज्ञवालीलाई सिनियर बनाएपछि उनले त्यहाँ पनि व्यवस्थापनलाई असहयोग गर्न आन्तरिक राजनीतिक एवं गुटबन्दी सुरु गरे । शाक्यले काम गरेका कुनै पनि बैंकमा आफ्नो कार्यकाल पुरा गरेका छैनन् उनी जहाँ जान्छन् भिआरएस लिन्छन् निस्कन्छन् ।

सिईओ ज्ञवालीका कार्यसम्पादन समेत अप्ठ्यारो पार्न थालेपछि उनलाई नबिल बैँक संचालक समितिले पनि हटाउने तयारी गर्यो । जसको सुईको पाएका शाक्यले एनआईसी एशियाको सीइओ बन्न चासो देखाए । संचालक समितिले जे-जे- भन्यो त्यहि गर्ने सर्तमा शाक्य बैंकको सीइओ बन्दैछन् । अब बस्ने बैंक संचालक समितिले उनलाई सीइओ नियुक्त गर्दैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ०९:२७   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।