Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसुचक ५.८० अंकले घटेर २५६० को विन्दुमा कायम भएको छ ।

आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर, बुङगल हाइड्रो र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १५:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।