Logo

अर्थ

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त



काठमाडाैं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् ।

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

आचार्य हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । उनलाई आगामी माघ १२ गतेदेखि लागू हुनेगरी सीईओ पदको जिम्मेवारी दिने निर्णय भएको बैंकले जनाएको छ ।

उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १०:३६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।