Logo

अर्थ

एकैदिन ४ हजार ९ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य करिब ५ हजार बढेको छ । आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार ११:१२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।