Logo

अर्थ

समृद्धि फाइनान्सले मनायो २४औं वार्षिकोत्सव



काठमाडाैं । समृद्धि फाइनान्सले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । ।कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समारोहमा समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागिता रहेको थियो।

साथै, फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरूर बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियाली मनाइएको थियो । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि,समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको फाइनान्स कम्पनीले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरुमार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्टआइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १७:०५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।