काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४ को विन्दुमा कायम भएको छ ।
आज ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ८४ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ४० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २२ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भुगोल इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै दरमखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया