Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, करिब साढे ३ अर्बकाे कारोबार



काठमाडौं । आज सेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४ को विन्दुमा कायम भएको छ ।

आज १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर घटेको छ ।

आज ३ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको सेयर कारोबार भएको छ । यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।