काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।
यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १३५ रुपैयाँ छ ।




















प्रतिक्रिया