काठमाडौं । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो ।
यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको भन्दा ३५.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
तथ्याङ्कअनुसार असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रुपमा यो हालसम्मकै उच्च हो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
यस अवधिमा ७७,२५७ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए ।




















प्रतिक्रिया