Logo

अर्थ

मेटलाइफले नाफा ९ करोड ७१ लाख



काठमाडौं । मेटलाइफले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले ९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ०.६८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६९ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब १९ करोड १८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ५७ करोड ६८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६२ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २६ अर्ब ६६ करोड ७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १४.८३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले १ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १३:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।