Logo

अर्थ

सुनचाँदीकाे मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५५ रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ११:३९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।