Logo

अर्थ

तोलामा ३ हजार ८ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ११:२३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।