काठमाडौं । आज साताको सेयर बजार दोहोरो अंकले बढेको छ नेप्से परिसूचक १५.७० अंकले बढेर २५६६ को विन्दुमा कायम भएको छ ।
आज २९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।
आज ४ अर्ब १० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस ऊर्जाको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी र माबिलुङ इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०९१ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया