Logo

अर्थ

हिमालयन इनर्जीको सेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त



काठमाडौं । सिटिजन्स क्यापिटल हिमालयन इनर्जीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक बनेको छ ।

मंगलबार हिमालयनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हिमालयन इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘कालिञ्चोक जलविद्युत आयोजना’ दोलखा जिल्ला कालिञ्चोक–१ थामी गाउँ अवस्थित रहेको छ र सो आयोजना ३ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोडको २० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ ।

हिमालयनले कालिञ्चोक बाहेक पनि सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति लिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १६:२७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।