Logo

खेलकुद

विश्वकप छनोट २०२६ : बराबरीमा रोकियो स्पेन



विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा रोकिएको छ। समूह ‘इ’ अन्तर्गत टर्कीसँगैको खेलमा स्पेनले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको चार मिनेटमा दानी ओल्मोलेको गोलमा सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउँन नसक्दा बराबरीमा चित्त बुझाएको हो।

टर्कीका लागि खेलको ४२ औं मिनेटमा डेनिज गुलले गोल गर्दै १–१ को बराबरी गरेका थिए। दोस्रो हाफमा भने टर्कीले ५४ मिनेटमा गोल गर्दै स्पेनलाई २–१ ले पछाडि पारेको थियो।

त्यसपछि दबाबमा रहेको स्पेनले खेलको ६२ औं मिनेटमा गोल गर्दै २–२ को बराबरी गरेको हो। स्पेनका लागि बराबरी गोल मिकेल ओयार्जले गरे।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ०८:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।