काठमाडाैं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।




















प्रतिक्रिया