काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया