Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ । आज सुनकाे मूल्य २ लाख ४३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार ११:२३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।