Logo

अर्थ

अशोक स्टिलले बुझायो डेडिकेटेड र ट्रङ्क लाइनको दोस्रो किस्ता



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई बाराको सिमरामा सञ्चालित अशोक स्टिल इण्डष्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापतको दोस्रो किस्ता रकम पनि बुझाएको छ ।

प्राधिकरणका अनुसार अशोक स्टिलले बिहीबार दोस्रो किस्ता वापतको ६३ लाख रुपैयाँ बुझाएको छ । १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको अशोक स्टिलले पनि पहिलो किस्ता ६३ लाख रुपैयाँ यसअघि नै बुझाएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १३:३८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।