काठमाडौं । कृषि विकास बैंकले १९औं वार्षिक साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने भएको छ । उक्त सभा भक्तपुरको बोडेमा रहेको बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो ।
उक्त सभामा गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरिएको ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव पारित गरिनेछ । यस्तै अविमोच्य अग्राधिकार सेयरधनीलाई तोकिएबमोजिम चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया