काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।
सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो । चाँदी तोलामा ३१ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया