नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो जारी सिजनको नवौँ अर्धशतक हो ।
उनले ३१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो ।
उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा ३१ बलमा ५९ रन जोडेका थिए ।
भुर्तेलको नाममा सिजनको पाँचौ अर्धशतक छ । यस सिजनमा दोहोरो अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो खेलाडी हुन् । चितवनक रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।
उनलाई ३२ औँ बल सामना गर्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजनले आउट गराए । यसअघि चितवनको रवि बोपाराले यसअघि नै दुई अर्धशतक प्रहार गरेका छन् ।




















प्रतिक्रिया