काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६०० को विन्दुमा कायम भएको छ ।
आज २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया