काठमाडौं । एफवान सफ्ट ग्रुपले सरकारको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका निम्ति सरकारले स्थापना गरेको उक्त कोषमा एफवान सफ्टले सहयोग उपलब्ध गराएको हो ।
एफवान सफ्ट इन्टरनेसनल, ईसेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा यी कम्पनीको संयुक्त योगदानमा उक्त सहयोग उपलब्ध गराइएको हो ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले राष्ट्रको पुनर्निर्माणको यात्रामा आफूहरूले जिम्मेवारीबोध महसुस गरेको बताए । ठकुरीले भने, “नेपाल पुनर्निर्माणको यात्रामा हामी आशा, जिम्मेवारी र साझा उद्देश्यसहित एकताबद्ध छौँ ।”
एफवान सफ्ट ग्रुपले डिजिटल भुक्तानी सेवाप्रदायक ईसेवा र फोनपे सञ्चालन गर्दै आएको छ ।




















प्रतिक्रिया