काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७ को विन्दुमा कायम भएको छ ।
आज २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै माबिलुङ इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया