Logo

अर्थ

साढे ७ अर्ब बढीको ईभी सवारी साधन आयात



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जीप, भ्यान आयात भएको हो ।

यसबाट सरकारले ४ अर्ब ६८ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । कात्तिकमा मात्रै ५८३ युनिट ईभी कार आयात भएको छ । गत असोजमा भने २ हजार १३४ युनिट, साउन र भदौमा ४ सय ८६ युनिट ईभी नेपाल आयात भएका थिए।

तथ्यांकअनुसार पेट्रोलियम सवारी साधनको आयात गत वर्षको तुलनामा ५४.२५ प्रतिशतले बढेको छ । कात्तिकमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको कुल २ हजार ४६५ युनिट कम्बस्चन कार आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार यो अवधिमा ५ हजार ६६८ युनिट पेट्रोलियम कार आयात भएको छ । यस अवधिमा दुई पाँग्रे सवारी साधनको आयात पनि २५.६८ प्रतिशत वृद्धि भएको छ । कात्तिकसम्म १ लाख ६ हजार ७६८ युनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १५:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।