Logo

अर्थ

सेयर बजारमा ५ अंकको वृद्धि



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको छ ।

आज १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । यस कम्पनीको २६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।