काठमाडौं । आज सेयर बजार बढेको छ । आइतबारबाट बजारमा लगातार वृद्धि भइरहेको छ । नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५ को विन्दुमा कायम भएको छ ।
आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ६ अर्ब ६९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया