काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।




















प्रतिक्रिया