काठमाडाैं । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याशनामक इयर-इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन् ।
नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड टाइम अफर उत्कृष्ट अवसर बन्न सक्ने कम्पनीले जनाएको छ ।
डोंगफेङ नामीको एक्सक्लुसिभ अफरअन्तर्गत, ग्राहकहरूले अब नामी भिगो र नामी ण्ज्ञ लाईनाडा मूल्यमा किन्न सक्नेछन् ।
साथै, प्रत्येक ग्राहकले नि:शुल्क 7kW होम चार्जर, 3.5kW पोर्टेबल चार्जर, रनि:शुल्क अटो प्लस इन्स्योरेन्स प्राप्त गर्नेछन् । नामी ग्राहकहरू विशेष लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन्, जहाँ तीन जना विजेताले थाइल्यान्ड भ्रमण र एक भाग्यशाली ग्राहकले iPhone 17 Pro Max जित्ने मौका पाउनेछन् ।
यस अभियानमा सेरेसका ग्राहकहरूका लागि ६ लाख रुपैयाँसम्मको लाभ उपलब्ध छ, जसमा आकर्षक क्यास डिस्काउन्ट, कम्प्रिहेन्सिभ इन्स्युरेन्स, निस्शुल्क एक्सेसरिज, उच्च मूल्यांकन सहितको एक्सचेञ्ज अफर एक्सचेञ्ज बोनस समावेश छन् । यसले सेरेसलाई यो सिजनका सबैभन्दा फाइदाजनक ईभी विकल्पहरूमध्ये एक बनाएको छ ।
प्रि–न्यू इयर ब्याशका सबै अफरहरू काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका सबै डोंगफेङ नामी र सेरेस शोरूमहरूमा उपलब्ध छन् ।




















प्रतिक्रिया