काठमाडौं । आज साताको अन्तिम दिन पनि सेयर बजार बढेको छ । आइतबारबाट बढेको बजार साताको अन्तिम दिन आज बिहीबारसम्म पनि बढवालाई नै निरन्तरता दिएर बन्द भएको हो ।
नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६ को विन्दुमा कायम भएको छ । आज १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ ।
आज ६ अर्ब ६२ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया