Logo

अर्थ

फेरि साढे २ लाख नाघ्यो सुन



काठमाडौं । सुनको मूल्य फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । आज सुनकाे मूल्य २ हजार २ सय रुपैयाँले बढेकाे हो ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो । अघिल्लो दिन ३२८० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार ११:२१   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।