Logo

अर्थ

सांग्रिला मोटर्सद्वारा लीपमोटर र सिट्रोनको विशेष एक्सचेन्ज क्याम्प घोषणा



काठमाडाैं । लीपमोटर, सिट्रोन र प्यूजो लगायत अन्तर्राष्ट्रिय ब्रान्डहरूको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले मंसिर १४ देखि २१ गतेसम्म देशभर विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ।

क्याम्प कम्पनीका सम्बन्धित सोरूमहरूमा एकसाथ चल्नेछ।

कम्पनीका अनुसार लीपमोटर एक्सचेञ्ज क्याम्पमा ग्राहकले नगद छुट, साटासाट बोनस, निशुल्क सडक कर र सवारी दर्ता, २.२ किलोवाटको यात्रु चार्जरसहित ७ किलोवाटको घरायसी चार्जर र थप सहायक उपकरण प्राप्त गर्नेछन्।

त्यस्तै, सिट्रोन एक्सचेञ्ज क्याम्पमा सहभागी ग्राहकले साटासाट बोनस, एमसिबी बक्ससहित ३.३ किलोवाटको निःशुल्क चार्जर, एक वर्षको अटो प्लस बीमा, निःशुल्क सडक कर तथा दर्ता सेवा पाउने व्यवस्था गरिएको छ।

मंसिर १४ देखि २१ गतेसम्म चल्ने यस क्याम्पले सीमित समयका आकर्षक सुविधा मार्फत ग्राहकलाई आफ्ना सवारी साधन नयाँ मोडेलमा रूपान्तरित (अपग्रेड) गर्न ठूलो अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ। सांग्रिला मोटर्सले देशभर गुणस्तरीय सवारी साधन, नवीन समाधान र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १५:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।